You are here
Home > प्रशासन > प्रहरी सई विरुद्ध विशेष अदालतमा मुद्धा

प्रहरी सई विरुद्ध विशेष अदालतमा मुद्धा

१३ भाद्र २०७५, बुधबार १६:३६

काठमाडौं-प्रहरी नायव निरीक्षक चुडामणि केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरि जागिर खाएको भन्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र अर्थात मुद्धा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी माथि छानविनका लागि आज मुद्धा दायर गरेको हो।

प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्यरत प्रहरी नायव निरीक्षक केसीको माध्यामिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसी र भारतबाट प्राप्त गरेको इण्टरमिडियट सरहको नक्कली शैक्षिक योग्याताको प्रमाण पत्र पेश गरि प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको विशेष अदालत काठमाडौमा दायर गरिएको आरोप- पत्रमा उल्लेख छ।

आरोह- पत्रमा यति मात्रै नभएर केसीले सोही शैक्षिक प्रमाण पत्रबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भई लाभ लिएको बताइएको छ।

 यस्तो छ अख्यिारको विज्ञप्ति

 

                                                                                                                            मिति २०७५।०५।१३ गते

                                        आरोप-पत्र दायर गरिएको 

प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्यरत प्रहरी नायव निरीक्षक चुडामणि के.सी ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कार्यरत रहेकोले छानविन गरी आवश्यक कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद, क्षेत्रिय कार्यालय वाराणसी, भारतबाट प्राप्त गरेको ईण्टरमिडियटसरहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिइ प्रहरी नायव निरीक्षक पदमा बढुवा समेत भइ लाभ लिएको देखिन आएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९(२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

       रामेश्वर दंगाल

   सह-सचिव एवं प्रवक्ता

  • 23
    Shares