You are here
Home > प्रशासन > को बन्ला वीर अस्पत्तालको नयां भिसि ? यि २२ जना छन प्रतिस्पर्धामा

को बन्ला वीर अस्पत्तालको नयां भिसि ? यि २२ जना छन प्रतिस्पर्धामा

१३ भाद्र २०७५, बुधबार २२:२४

काठमाण्डौ -नेपालको सबै भन्दा पुरानो ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स वीर अस्पत्तालमा नयां भिसि नियुक्तीकालागी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एक सय २९ बर्ष पुरानो र ठूलो सो अस्पलातको रिक्त उपकुलपतिका लागि २२ चिकित्सकले दरखास्त हालेका छन् । सहकुलपति स्वास्थ्यमन्त्री संयोजकत्वको समितिले १८ दिनअघि दरखास्त अह्वान गरेको थियो । १५ दिनको समय अवधि राखेर दरखास्त मागेको अबधिमा दरखास्तको अन्तिम मिति आइतबारसम्म २२ जनाको दरखास्त परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दरखास्त दिनेमा निवर्तमान उपकुलपति डा गणेश गुरुङदेखि वरिष्ठ चिकित्सक ,प्राध्यापक र पूर्व पदाधिकारीहरू रहेका छन । निवर्तमान उपकुलपति गुरुङ माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रीय सर्तकता केन्द्र ले छानविन गरीरहेको छ । मन्त्रालय का अनुसार पूर्व डिन सिताराम चौधरी पूर्वरेक्टर डा श्रीकृष्ण गिरी, निवर्तमान रेक्टर यहुनचन्द्र सिवाकोटीदेखि प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले समेत उपकुलपतिकालागी दरखास्त हालेका छन् । त्यसैगरी, न्याम्सका , वरिष्ठ चिकित्सकहरू अनिल मिश्र, डा विधाननिधि पौडेल, वीर अस्पताल आकस्मिक विभाग प्रमुख डा भोलाराम श्रेष्ठ, प्रसूतिगृहका विशेषज्ञ डा गेहनाथ बराल लगायत उपकुलपति बन्ने लाईनमा छन् ।

दरखास्त २२ जनाले हालेको भए पनि वीरबाटै नियुक्त हुने सम्भावना बढी छ । न्याम्स को भि सी मा हाल सम्म यो भन्दा पहिला वीर भन्दा बाहिर बाट नियुक्ति भयकाहरू लाई वीरका कर्मचारी हरू ले बिरोध गरी बिचैमा छाड्न बाध्य वनाएका थिए । न्याम्स स्वात्त सस्था भयकाले सो सस्था का कर्मचारी हरू को सहयोय बिना नया भि सी ले काम गर्ने सम्भव छैन वीर अस्पत्तालका एक चिकित्सकले भने । ति तिकित्सकले वीर भन्दा बाहिर बाट भि सी आए नमान्ने र बिरोध जनाउने यस अघि नै बताई सकेकाले वीरबाटै नियुक्त हुने सम्भावना बढेको हो । प्रतिस्पर्धाको फ्रण्ट लाईनमा टिचिङका डा डि एन शाह ,न्याम्स का पुर्व डिन सिताराम चौधरी, पूर्व भि सी गणेश गूरूङ, डा अनिल मिश्र, प्रशुपति गृहका निर्देशन जागेश्वर गौतम, ,डा गेहनाथ बराल, पूर्व रेक्टर श्रीकृष्ण गिरी, र वीर अस्पताल आकस्मिक कक्षका प्रमुख डा भोलाराम श्रेष्ठ र डा रमिला श्रेष्ठ को मुख्य सम्भावना बढेको छ ।

उपकुलपतिकालागी दरखास्त हाल्ने निम्न छन
१ प्रा डा सिताराम चौधरी
२ प्रा .डा. गणेशबहादुर गुरुङ्ग
३ प्रा डा स्वयं प्रकाश पण्डित
४ प्रा डा अनिल कुमार मिश्र
५  डा पियुष दाहाल
६ प्रा .डा. श्रीकृष्ण गिरी
७ प्रा .डा. बुलन्द थापा
८ प्रा .डा. गेहनाथ बराल
९ डा राम परिक्षण यादव
१० प्रा .डा. किरण मानन्धर
११ प्रा .डा. विधाननिधि पौडेल
१२ प्रा .डा. रमिला श्रेष्ठ
१३ प्रा .डा. विजय कुमार शर्मा
१४ प्रा .डा. यहुनचन्द्र शिवाकोटी
१५ डा। विश्वनाथ यादव
१६ डा  देवनारायण शाह
१७  प्रा .डा. ढुण्डिराज पौडेल
१८  प्रा .डा. अजित रायमाझी
१९  प्रा .डा. जागेश्वर गौतम
२०  प्रा .डा. रेवती रमणजी मल्ल
२१  डा पुकार चन्द्र श्रेष्ठ
२२ डा भोलाराम श्रेष्ठ

  • 20
    Shares