You are here
Home > अर्थ/बजार > सरकारले सिलवन्दि गरेका बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न सर्वोच्चको आदेश

सरकारले सिलवन्दि गरेका बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न सर्वोच्चको आदेश

१३ भाद्र २०७५, बुधबार २३:५८

काठमाडौ –सर्वोच्च अदालतले सरकारले सिलवन्दि गरेका बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न बुधबार अन्तरिम आदेश जारी गरेको छ। ३३ किलो सुन तस्करि र सनम शाक्य हत्याको छानबिन गर्न गृह मन्त्रालयद्धारा गठित विशेष अनुसन्धान समितिले बाजेको सेकुवा रेस्टुरेन्टका ५ वटा शाखामा जेठ ३० गते शिलबन्दी गरेको थियो। उक्त चेन रेस्टुरेन्टका कमलपोखरी, अनामनगर, सोह्रखुट्टे, बत्तीसपुतली र गैरीधारास्थित शाखा बन्द गराइएको थियो। ती शाखामा करिब ४ सय कर्मचारी कार्यरत रहेको थिए।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार शिलबन्दी र ब्रान्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो। आदेशमा बाजेको सेकुवा शिलबन्दी गर्ने निर्णयमा उचित आधार र कारण नदेखिएकाले तत्काल खोली पेशा व्यवसाय गर्न दिनु, भनिएको छ ।

शिलबन्दी गर्ने सरको निर्णयका विरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीकी श्रीमती नीतिमा भण्डारीले भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। पेसा तथा व्यवसाय गर्न पाउने हक हनन गर्दै सरकारले शंकाको भरमा तालाबन्दी गरेकाले उक्त निर्णय खारेज हुनुपर्ने माग गर्दै बुधबार सर्वोच्चमा उनले रिट दायर गरेकी थिइन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतका विरुद्ध हालेको रिटमा न्यायधिश प्रधानको एकल ईजलासले पेशा तथ व्यवसाय गर्न पाउने मौलिक हक भएकोले उक्त हकमा रोक लगाउन सरकारले नसक्ने आदेश दिइएको छ ।

  • 8
    Shares