You are here
Home > खेलकुद > एसिया कप छनोट खेलमा नेपाल र यूएई भिड्दै

एसिया कप छनोट खेलमा नेपाल र यूएई भिड्दै

१४ भाद्र २०७५, बिहीबार ०७:५३

काठमाडौं-एसिया कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले यूएईसँग खेल्दै छ।

मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा केहिबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

हिजो भएको पहिलो खेलमा ओमानसँगको नेपाल ७ विकेटले पराजित भएको थियो । नेपाल आज जित्नै पर्ने दबाबकासाथ मैदान उत्रिएको छ।

छनोट प्रतियोगितामा नेपाल, ओमान, सिंगापुर, हङकङ, मलेसिया र यूएई छन् ।

  • 7
    Shares