
काठमाडौं–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सबै भीभीआईपी आहुना काठमाडौं आइपुगेका छन्।
बिहिबार बिहानमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुगेका छन्।
तीनै देशका सरकार प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए। यस्तै नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत पनि गरेको थियो।
बुधबार नै श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका थिए भने म्यान्मारका राष्ट्रपति विन मिन्त मंगलबार काठमाडौं आएर लुम्बिनीको समेत भ्रमण गरिसकेका छन्।
बिमस्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न ३ बजे एक विशेष समारोहका बीच प्रधानमन्धी केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन् ।
काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ। सम्मेलन समाप्तिसँगै बिमस्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।
- 13Shares