You are here
Home > प्रशासन > सरुवा भएका सशस्त्र प्रहरी वलका कर्मचारीहरुलाई तीन दिन भित्र ठेकिएको ठाउमा पठाउन निर्देशन

सरुवा भएका सशस्त्र प्रहरी वलका कर्मचारीहरुलाई तीन दिन भित्र ठेकिएको ठाउमा पठाउन निर्देशन

१४ भाद्र २०७५, बिहीबार ११:३८

काठमाण्डौ –सरुवा भएका सशस्त्र प्रहरी वलका कर्मचारीहरुलाई तीन दिन भित्र ठेकिएको ठाउमा पठाउन मुख्यालय हलचोकले मातहतका निकायहरुलाई निर्देशन दिएको छ । मानवस्रोत विकास विभागबाट बुधबार सञ्चार जारि गरि त्यस्तो निर्देशन दिइएको हो । सञ्चारमा प्रधान कार्यालयको विभिन्न चलानी नम्वर तथा मितिको पत्रले समायोजन तथा सरुवा भएका कर्मचारीहरुलाई तीन दिन भित्र ठेकिएको दरवन्दिमा रवाना गरि पठाई सो को जानकारी विभागमा दिनु भनिएको छ ।

यसरी रवाना गरि पठाउन सम्बन्धित ईकाईका प्रमुखलाई चांसो लिन पनि सञ्चारमा भनिएको छ । यहि साउनदेखि देशभर नयां संरचनामा गएको सशस्त्र प्रहरी वलले परिचरदेखि एआईजीसम्मको सरुवा तथा समायोजन गरेको छ ।

  • 2K
    Shares