You are here
Home > समाचार > बिमस्टेकका पहुनालाई शितलनिवासमा लन्च

बिमस्टेकका पहुनालाई शितलनिवासमा लन्च

१४ भाद्र २०७५, बिहीबार १३:१९

काठमाडौं, १४ भदौ-बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छिन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो। भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन् ।

भेट लगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाको सम्मानमा सामूहिक दिवा भोज आयोजना गरेकी छिन्। दिवाभोज लगत्तै सम्मेलन आयोजनास्थल सोल्टीमा उनीहरु प्रस्थान गर्ने छन्।

तीन बजे सबै राष्ट्रका कार्यकारी प्रमुखले सम्बोधन गर्नेछन्। साँझ साढे ६ बजेदेखि साढे ९ सम्म उनीहरुको सम्मानमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हयात होटलमा रात्री भोजको आयोजना गरेका छन्।

  • 13
    Shares