You are here
Home > खेलकुद > एसिया कप छनोटः नेपालको लगातार दोस्रो हार

एसिया कप छनोटः नेपालको लगातार दोस्रो हार

१४ भाद्र २०७५, बिहीबार १५:२४

काठमाडौं,१४ भदौ-मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको एसिया कप छनौटको दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ।

२५४ रनको पिछा गरेको नेपाली टोली ४८.५ ओभरमा एक सय ७६ समेटिएको हो।

ब्याटिङ तर्फ नेपालका सुवास खुकुरेल र दीपेन्द्र ऐरी बाहेक कसैले राम्रो प्रदर्शन गर्न सकेनन्। खुकुरेलले सर्वाधिक ९७ बल खेल्दै ५० रन बनाए र ऐरीले ६४ बलमा ४० रनको योगदान गरे।

कप्तान पारस खड्काले १६ रन , ज्ञानेन्द्र मल्लले ४ रन, सागर पुन ३ रन, आरिफ सैफले ३ रन, रोहित पौडेलेले ९ रन , सोमपाल कामीले २७ रन, बसन्त रेग्मीले १२ रन र सन्दिप लामिछानेले २ रन बनाए।

युएईका लागि एहमह रजाले ४ विकेट, मोहमद् नाभिदले ३ विकेट, आमिर हायातले २ विकेट र असफाक एहमदले १ विकेट लिए । युएइर्काका लागि चिराग सुरीले सर्वा्धिक रन जोडे। उनले ९१ बलमा ६५ रनको योगदान गरेका हुन्।

बलिङ तर्फ नेपालका लागि स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।उनले १० ओभरमा २ मेडनसहित २४ रन दिए। त्यस्तै वसन्त रेग्मीले २, सोमपाल कामीले २ विकेट लिएका हुन्।

नेपालले अर्को खेल मलेसियासँग शनिबार खेल्ने छ।

  • 17
    Shares