You are here
Home > समाचार > रुकुम पश्चिममा हतियार सहित ४ जना गाँजा सेवनकर्ता पक्राउ

रुकुम पश्चिममा हतियार सहित ४ जना गाँजा सेवनकर्ता पक्राउ

१४ भाद्र २०७५, बिहीबार १५:३५

काठमाडौं-लागूऔषध र हतियार सहित रुकुम पश्चिममा ४ जना पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन गरि सार्बजनिक समेत गरेको छ।

पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ७ का १८ बर्षिय तिलक रावत, दाङ तुलसिपुर उपनगरपालिका ५ का २१ बर्षिय रोशन गौतम, सोहि ठाँउकै १९ बर्षिय रविनराज लवत र लमही नगरपालिका ५ का २१ बर्षिय सुरज घर्ति मगर रहेका छन्।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ सिम्ली बजारमा भद्र बहादुर वलीको घरमा डेरा गरि बसिराखेका ४ जनाले कोठामा लागूऔषध संचय गरेर सेवन गरिराखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरिक्षक ऋषि कुमार ढुंगानाको नेतृत्वमा गएको प्रहरी टोलीले सोमबार ४ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार उनीहरुको साथबाट ५० ग्राम गाँजा सहित नक्कली पेस्तोल, खुकुरी, कटारी र नक लगायतका त्यससंग सम्बन्धीत अन्य बस्तुहरु बरामद गरिएको छ।

उनीहरुलाई लागू औषध गाँजा सेवन तथा संचित गरेको अभियोगमा मुद्धा दायर गरि जिल्ला अदालतबाट हिरासातमा राख्न ७ दिनको थपिएको छ। उनीहरुको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

  • 20
    Shares