You are here
Home > प्रशासन > ओखलढुंगामा मारिएका सन्तोषका हत्यारा सन्जीत कोहलपुरमा समातिए

ओखलढुंगामा मारिएका सन्तोषका हत्यारा सन्जीत कोहलपुरमा समातिए

१४ भाद्र २०७५, बिहीबार १९:५३

काठमाण्डौ- ओखलढुंगाको मोलुङ गाउपालिका ३ हर्कपुरका सन्तोष कार्कीको हत्याका आरोपी सन्जीत थापालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। उनलाई बिहिबार जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

बुधबार बाँकेको कोहलपुरवाट पक्राउ परेका थापालाई रातारात गरी विहान ओखलढुंगा ल्याएको थियो। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको टोलीले उनललाई पक्राउ गरि ओखलढुंगाा प्रहरीलाई बुजmाएको थियो । उनलाई ओखलढुङ्गा प्रहरीले अदालतमा हाजिर गराएको छ। थापालाई अदालतमा हाजिर गरापछि थप अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

गत भदौ ५ गते मोलुङ गाउँपालिका वडा नं ३ साविकको हर्कपुर ९ का २७ बर्षीय सन्तोषको हत्या गरेको आरोपमा प्रहरीले दाङको लालमटिया, भालुबाङ घर भएका थापालाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ हो।

उनलाई जिल्ला ल्याइएको जिल्ला कार्यालय बाँकेका प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए।आफ्नै घरमा बसेर टिभी हेरिरहेका कार्कीको धारिलो हतियार प्रहार गरी क्रुरतापूर्वक हत्या गरिएको थियो ।

कार्कीका परिवारले थापाका नाममा किटानी जाहेरी दिएका छन् । वैदेशिक रोजगारका सिलसिलामा दुबइ बस्दै आएका थापाले आफ्नो घर बार विगारेर जिवनै वर्वाद बनाएकाले कार्कीको हत्या गर्नुपरेको आफ्नो फेसबुक वालमा केही दिन अघि पोष्ट गरेका थिए।

  • 12
    Shares