You are here
Home > प्रशासन > गृहमन्त्रीको आईजिपीलाई निर्देशनः ‘बलात्कारका घटना रोक्न विशेष योजना बनाउनुहोस्’

गृहमन्त्रीको आईजिपीलाई निर्देशनः ‘बलात्कारका घटना रोक्न विशेष योजना बनाउनुहोस्’

१४ भाद्र २०७५, बिहीबार २०:०९

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्नका लागि विशेष योजना बनाउन अगाडी बढ्न आईजिपीलाई निर्देशन दिएका छन्।

बिहिवार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाउन अगाडी बढ्न निद्ैशन दिएको हो।

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको काक्हीकतै त्यस्तो भएको भए कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए।

महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भिरता पूवर्क कारवाही अघि बढाउन समेत उनले प्रहरीलाई निर्देशन दिएका छन्।

  • 31
    Shares