You are here
Home > समाचार > खानेपानी मन्त्री मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने दाहाल पक्राउ

खानेपानी मन्त्री मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने दाहाल पक्राउ

१४ भाद्र २०७५, बिहीबार २०:५०

काठमाडौं-खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने दोलखाका सन्जीव दाहाल पक्राउ परेका छन्।

मगरको नागरिकता, राहादानी र हस्ताक्षर दुरुपयोग गरी सुन्धारास्थित नेपाल टेलिकमबाट भिआइपी सिम कार्ड झिक्दै गर्दा पक्राउ परेका दाहाल पत्रकार भएको खुलेको छ। उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजातको प्रतिलिपि सहित सिमकार्ड झिक्दै गर्दा पक्राउ गरेको हो।

दाहालले यस अगाडि पनि यस्तो काम गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

  • 27
    Shares