You are here
Home > समाचार > कञ्चनपुर घटनालाई गम्भिर रुपमा लिएका छौंः प्रवक्ता शैलेश क्षेत्री थापा

कञ्चनपुर घटनालाई गम्भिर रुपमा लिएका छौंः प्रवक्ता शैलेश क्षेत्री थापा

१५ भाद्र २०७५, शुक्रबार ११:३४

काठमाडौं-नेपाल प्रहरीका एसएसपी तथा प्रवक्ता शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनालाई प्रहरीले गम्भिरतापूर्व लिएको बताएका छन्। उनले उक्त घटना कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको क्षेत्रभित्र पर्ने भएपनि नेपाल प्रहरी गम्भिर र संवेदनशील रहेको बताए।

जनविश्वास घटेको छैन, उनले भने, ‘ आवमा देशभर १ हजार ४ ८० जवरजस्तीका मुद्धा प्रहरीको कहाँ आएको छन्, मुद्धाहरुको अनुसन्धानबाट दोषि ठहर गए कारवाही प्रक्रिया अगाडी बढाइन्छ।’

कञ्चनपुर घटनामा केही लापरवाही भयो, सहकार्यमा कमी भयो, ‘एसपीलाई निलम्वन गरि कारवाहीमा परेका छन्, प्रवक्ता क्षेत्री थापाले भने, बलात्कार लगायत अन्य घटनाका मुद्धा बढेसँगै ३ हजार ६ सय ४९ थप प्रहरी चौकी स्थापना गर्नका लागि अनुरोध गरिएको छ ’ जनता र प्रहरी माथिको विश्वसनीयता गुमेको छैन, कायमै रहेको छ उनले भने।

उनले कञ्चनपुर घटनालाई तत्कालिन कमाण्डरको लापरवाहीको आक्रोसको रुपमा लिएको बताए। नेपाल प्रहरीले मात्रै जनवरजस्ती करणीका घटना रोक्ने होइन, उनले भने, ‘जनताको भूमीका नि त्यतिकै रहन्छ, अनुसन्धानका क्रममा नेपाल प्रहरीको एकल भूमीका रहन्छ।’

कञ्चपुर घटनाको सत्यतथ्यका लागि भेजाइनल स्वाँव, पोलिग्राफ टेष्ट र जीनबाट पनि नमूना लिएर चेकजाँच भईरहेको छ। नेपाल प्रहरीमा परेका १४ सय ८० जघन्य अपराध अन्तर्गत १३ सय ३६ जना पक्राउ परेको उनले बताए। नेपाल प्रहरीका २२ सय ६६ जना विभिन्न कारवाहीमा परेको उनले जानकारी दिए।

  • 49
    Shares