You are here
Home > समाचार > १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न, पाँचौ सम्मेलन श्रीलंकामा

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न, पाँचौ सम्मेलन श्रीलंकामा

१५ भाद्र २०७५, शुक्रबार १२:४७

काठमाडौ-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। बिहिबार र शक्रबार दुई दिन काठमाडौंको होटल सोल्टीमा सम्मेलन भएको हो।

सम्मेलन सकिनु अघि सदस्य राष्ट्रका प्रमुखहरुबीच राजनीतिक संवाद (रिट्रिट) भएको थियो।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड इन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बिमस्टेक राष्ट्रका प्रमुखहरुको रोहबरमा परराष्ट्रमन्त्रीहरुले हस्ताक्षर गरेका हुन्। बिमेस्टेकको पाँचौ सम्मेलन श्रीलंकामा हुनेभएको छ । सम्मेलनको मिति भने तोकिएको छैन ।

बैठकको अध्यक्षतमा गर्नुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाँचौ सम्मेलनको लागि श्रीलंकाका प्रधानमन्त्री मैथ्रीपाला सिरिसेनालाई प्रमाणपत्र हस्तान्तरण गरे।

  • 11
    Shares