You are here
Home > अर्थ/बजार > डेढ बर्षदेखि अस्पतालभित्र बसेका सुरजको उद्दार

डेढ बर्षदेखि अस्पतालभित्र बसेका सुरजको उद्दार

१५ भाद्र २०७५, शुक्रबार १३:०८

बुटवल-उपचार खर्च तिर्न नसक्दा १५ महिनादेखि अस्पतालमै बस्न बाध्य भएका नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर १ का २३ बर्षीय सुरज बिकलाई अस्पतालबाट उद्धार गरिएको छ।

मोटरसाइकल दुर्घटना भएर घाइते भएका बिकलाई अस्पतालबाट उद्धार गएिको हो। उनी २०७४ साल जेठ १४ गतेदेखि हालसम्म बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गराईरहेका थिए।

दुर्घटनामा परेर घाइते भएका बिकको चार ठाउँ खुट्टा भाँचिएको अस्पतालले बताएको थियो। खुट्टाको उपचारका लागि ६ महिना लागे पनि ९ महिनासम्म अस्पतालमा उपचार नभएरै बस्न बाध्य थिए।

१५ महिनादेखि हालसम्म उपचारका क्रममा १२ लाख भन्दा माथि अस्पताललाई तिर्नुपर्ने भएपछि परिवारले अस्पतालमै छोडेका थिए। बिहीवार बिकको बन्धकको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अस्पतालले २५ प्रतिशत छुट र सहुलियत दिन सहमति भएपछि शुक्रवार उद्धार गरिएको हो।

ईलाका प्रशासन कार्यालय बुटवल, वाड नम्बर ८ का प्रतिनीधि र विभिन्न मिडियासँग आवद्ध पत्रकार र अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुट बाहेक बाँकी रकम पुष मसान्तभित्र विभिन्न संघ संस्थामार्फत जमा गरेर बुझाउने सहित सात बुँदे सहमति भएको छ।

सहमति पत्रमा ईलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धुव्र प्रसाद नेपाल, ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्ल, बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य प्रकाश डुम्रे, गर्जन पोष्ट साप्ताहिकका सहसम्पादक शिव डुम्रे, न्युज २४ का पत्रकार कृष्ण पाण्डे, अन्नपूर्ण पोष्टका पत्रकार लक्ष्मण पोख्रेल, लियो क्लब अफ बुटवलको तर्फबाट गोविन्द बस्नेत र अस्पताल प्रशासनको तर्फबाट अस्पताल प्रशासन प्रमुख डा. शारदा सिहं लगायतले हस्ताक्षर गरेका छन्।

  • 27
    Shares