You are here
Home > समाचार > अन्ततः विमानस्थलबाटै फर्काइएका पूर्वलडाकु बिष्टद्वारा सर्वोच्चमा रिट

अन्ततः विमानस्थलबाटै फर्काइएका पूर्वलडाकु बिष्टद्वारा सर्वोच्चमा रिट

१५ भाद्र २०७५, शुक्रबार १५:१८

काठमाडौं-थाइल्यान्ड जान लागेका बेला त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व माओवादी लडाकु लेनिन बिष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।बिष्टले अध्यागमन र गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै शुक्रबार रिट दायर गरेका हुन्।

अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको थियो।

पूर्व लडाकु लेनिन बिष्टलाई बैंकक जानबाट रोकिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पठाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गृहमन्त्रीलाई त्यसबारे २४ घन्टे स्पष्टिकरण सोधेका थिए।

  • 37
    Shares