You are here
Home > समाचार > सिटिजन्स बैंकको सुन गायव प्रकरणमा कर्मचारी र ऋणी गरि पाँच जना समातिए

सिटिजन्स बैंकको सुन गायव प्रकरणमा कर्मचारी र ऋणी गरि पाँच जना समातिए

१५ भाद्र २०७५, शुक्रबार १७:११

काठमाडौं- केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, न्युरोडको साढे सात किलो सुन गायव प्रकरणमा जोडिएका पाँचजनालाई पक्राउ गरेको छ ।

ऋणीलाई ऋण प्रवाह गर्ने क्रममा गायव भएको ७ हजार ४ सय ९७ दशमलव २८ ग्राम सुन प्रकरणमा जोडिएका दुई बैंकका कर्मचारी र ऋणी पक्राउ परेका हुन् । यो प्रकरणमा बैंकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ ५२ पैसा हानी भएको छ ।

प्रहरीले बैंकका वरिष्ठ सुन परीक्षकसहितका ऋणीलाई पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिन म्याद थपी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरु

१. भक्तपुर–१५, खोमाबहाल घर भई काठमाडौं–२५, बांगेमुढा बस्ने २६ वर्षीय सामिन शाक्य (वरिष्ठ सुन जाँचकी, सिटिजन्स बैंक)
२. भक्तपुर–१७, इतोछेका २८ वर्षीय विन्देश शाक्य (सहायक सुन जाँचकी, सिटिजन्स बैंक)
३. भक्तपुर–०१, इटापा बस्ने ३३ वर्षीय अमितराज बज्राचार्य (प्राइम कमर्सियल बैंक, गोल्ड अडिट डिपार्टमेन्ट, कमलपोखरी)
४. मोरङ, शनिश्चरे–८ घर भई काठमाडौं, पुरानो बानेश्वर बस्ने ४५ वर्षीय लभ बराइली (ऋणी)
५. संखुवासभा, शनिश्चरे चैनपुर–२ घर भई काठमाडौं निलोपुल बस्ने २८ वर्षीय उमेशराज बराइली (ऋणी)

  • 36
    Shares