You are here
Home > प्रवास > किन जादैछन राहुल गान्धी कैलास मानसरोवर ? यस्तो रहेछ कारण

किन जादैछन राहुल गान्धी कैलास मानसरोवर ? यस्तो रहेछ कारण

१५ भाद्र २०७५, शुक्रबार २३:१२

काठमाण्डौ –चार महिना अघिको कुरा हो भारतिय संसद लोक सभामा प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नयां दिल्लीबाट एउटा चार्टर विमानबाट कर्नाटक जांदै थिए । विमान अटो पाईलट मोडमा थियो अचानक विमानले आफ्नो गतिविधि बदल्यो ३४ हजार फिटबाट आठ हजारफिटमा पुग्यो । विमान दुर्घटनाको नजिक थियो, राहुल अतालिए र भाकल गरे कैलाशपते यो दुर्घटना टारि देउ म तिम्रो शरणमा पुगुला । पाईलटले सोहि समयमा अटो पाईलट मोडबाट मेनुअल मोडमा लिए र २० सेकेण्डले विमान दुर्घटनाबाट जोगियो ।

हो त्यहि भाकल पुरा गर्न कांग्रेस अध्यक्ष राहुल गान्धी अहिले कैलाश मानसरोवरको तिर्थाटानमा निस्केको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन । २६ अप्रिल २०१८ मा घट्नै लागेको दुर्घटना टारेकोमा भगवान कैलाशको शरणमा पुग्न उनले साता व्यापी धार्मिक भ्रमण शुक्रबारबाट नयां दिल्लीबाट शुुरु गरेका हुन । उनि पशुपतिनगरि काठमाण्डौमा रात्री विश्राममा छन ।

मानसरोवर जान पशुपति नगरि काठमाडौँलाई ट्रान्जिट बनाएका गान्धी लाजिम्पाटस्थित होटल र्‍याडिसनमा छन्। नेपाल सरकार र नेपालस्थित भारतीय दूतावाससम्मलाई समेत आफ्नो आगमनको जानकारी नगराएका उनलाई नेपाल सरकारले सुरक्षा दिएको छ । शुक्रबार अपरान्ह इन्डिगो एयरको नियमित उडानमा काठमाडौँ ओर्लिएका उनको सुरक्षाकालागी डिएसपीको कमाण्डमा टोली खटाएको छ। राहुल शनिबार विहान नेपालगञ्ज हुदै हुम्ला र त्यसपछि मानसरोबरको यात्रामा जानेछन्। राहुल गान्धीले शुक्रबार नै कैलाश पर्वतको तस्विर राखेर टुईट गर्दै यस्तो लेखेका छन – : ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतम् गमय। ॐ शान्तिस् शान्तिस् शान्तिस् ॥

  • 29
    Shares