You are here
Home > समाचार > शिक्षक अन्सारीको हत्याको अनुसन्धानका लागि सिआइबीको टोली सुनसरीमा

शिक्षक अन्सारीको हत्याको अनुसन्धानका लागि सिआइबीको टोली सुनसरीमा

५ आश्विन २०७५, शुक्रबार १५:१३

काठमाडौं-शिक्षक मौलाना खुर्शिद अन्सारी हत्याकाण्डको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली सुनसरी गएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार काठमाडौंबाट सीआइबीको टोली सुनसरीका लागि प्रस्थान गरिसकेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले टोलीले सुनसरी पुगी आजैबाट हत्याको अनुसन्धान थाल्ने छ। यसैगरी घटना छानविनका लागि प्रदेश प्रहरीको संयोजकत्वमा ५ सदस्यीय उच्च स्तरीय छानविन समिति समेत गठन भैसकेको प्रशासनले जनाएको छ ।

भुटाहामा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई शुक्रवार अपरिचित समूहले गोली हानी हत्या गरेपछि आज भुटाहा बजार तनावग्रस्त भएको छ ।

मृतकको शव आफन्तलाई बुझाउन र स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आज स्थानीयहरुले भुटाहा बजारमा प्रदर्शन गरेका कारण अवस्था तनावग्रस्त बनेको हो ।

हजारौको संख्यामा रहेका स्थानीयहरुले भुटाहा बजारको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने भुटाहा, हरीनगरा, भोक्राहा लगायतका बजार बन्द गरिएको स्थानीय नइम अंसारीले बताए ।

स्थानीयहरुले सर्वपक्षिय भेलामा गृहमन्त्री आउनुपर्ने अडान राखेका कारण सहमती हुन नसकेपछि भुटाहा बजार तनाव ग्रस्त बनेको छ । यता मृतकका आफन्त सहित मुस्लिम अगुवाबीचको वार्ता सकारात्मक भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताएका छन् ।

प्रजिअ उप्रेतीले सुरक्षाको प्रत्याभूतिको वातावरण सहित शब बुझ्ने र जायज माग सम्बोधन भइसकेको बताए । उनले घटना दुखद भएको भन्दै मृतकलाई सहिद घोषणा गर्न र घटनाको छानविन गर्न उच्च स्तरिय छानविन समिति गठन भइसकेको जनाए ।

  • 3
    Shares