You are here
Home > प्रशासन > ३८ किलो सुनकाण्डः एसएसपी दिवेश, एसपी विकास र डिएसपी प्रजितको निलम्बन फुकुवा हुँदै

३८ किलो सुनकाण्डः एसएसपी दिवेश, एसपी विकास र डिएसपी प्रजितको निलम्बन फुकुवा हुँदै

५ आश्विन २०७५, शुक्रबार १६:२२

काठमाडौं-३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन फुकुवा हुने भएको छ।

प्रहरी उच्च अधिकारीका अनुसार एसएसपी लोहनी र डिएसपी केसीको निलम्बन फुकुवा सम्बन्धि पत्र प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा पठाएको छ।

तीनैजना प्रहरी अधिकारीलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न बैशाख २१ मा आदेश दिएको थियो। यी तीनको हकमा उच्च अदालत बिराटनगरले विभिन्न मितिमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

फौजदारी अभियोगमा प्रतिवादी रहेका तीनैजनालाई गृहमन्त्रालयले निलम्बन गरेको थियो।तीनैजना प्रहरी अधिकारीले साधारण तारेखमा रिहा भएपछि निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए।

प्रहरी प्रधान कार्यालयको कानून शाखाले आवश्यक औपचारिक कारवाही पुरा गरेर निलम्बनको निर्णय गर्ने तालुकदार मन्त्रालयलाई पत्राचार गरेको हो।

‘लोहनी र केसीको पत्र गृहमा पुगेको छ, खनालको पठाउने तयारी भएको छ, गृहबाट फुकुवा हुनेछ। तीनैजनाले चाडै बहाली गर्नेछन,’ ती अधिकारीले शुक्रबार मुलधार न्यूजसँग भने।

सरकारले २० चैत २०७४ को मन्त्रिपरिषद्को निर्णयले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीले यी तीनै अधिकारीको घटनामा संलग्नता रहेको अभियोग सहित प्रतिवादी बनाएको थियो।

  • 1
    Share