You are here
Home > समाचार > चरेश तस्करीमा राहत शिक्षकको संलग्नता रहेको खुलासा

चरेश तस्करीमा राहत शिक्षकको संलग्नता रहेको खुलासा

५ आश्विन २०७५, शुक्रबार १९:२६

काठमाडौं-बझाङको मष्टा गाँउपालिकाको खिकालामा बरामद गरिएको चरेशमा एक शिक्षिकाको नै संग्लनता रहेको पाइएको छ। पक्राउ परेका शिक्षिका र एक जना यूवासंग प्रहरीले सोधपुछ गर्दा शिक्षिका हस्ता पुरी प्रमुख रहेको प्रहरीले जनाएको छ।

शुक्रबार यस घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिदा मष्टा गाँउपालिका २ मा रहेको गौरी शंकर प्रावि की राहत कोटामा कार्यरत जयपृथ्बी नगरपालिका १० चैनपुर घर भएकी हस्ता पुरीले नै खरिद गरेर ढुवानी गराएको बुझिएको छ ।

‘बिगत दश बर्ष देखि गौरिशंकर प्राबिमा कार्यरत शिक्षिका हस्ता पुरी यस अगाडी पनि यस्तो कारोवार गर्दै आएकी रहिछन्’ प्रहरी नायब उपरिक्षक प्रबिण धितालले भने, ‘उनले स्थानीयहरुबाट खरिद गरेर १८ किलो चरेश जम्मा गरेकी रहिछन् ।’

पत्रकार सम्मेलनमा नौ।नौ किलो ग्रामका पोका बनाएर दुई वटा झोलामा चरेश भेटाएको जानकारी प्रहरीले गराएको थियो। एउटा झोला बोक्ने मष्टा गाँउपालिका २ का २० बर्षका दिपक बुढा प्रहरी नियन्त्रणमा छन् भने अर्को झोला बोक्ने एक जना पुरुष र एक जना महिला फरार रहेका पनि प्रहरीले बताएको छ। चरेशको भारीसंगै आएका अन्य दुई जनाको खोजी कार्य भई रहेको पनि प्रहरीले जनाएको छ ।

  • 1
    Share