You are here
Home > प्रशासन > शिक्षक हत्याको छानविनका लागि एसएसपीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन

शिक्षक हत्याको छानविनका लागि एसएसपीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन

५ आश्विन २०७५, शुक्रबार २०:०३

काठमाडौं-सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-२ स्थित भुटाहाका शिक्षक मौलाना खुर्शिद अन्सारी हत्याकाण्डको छानविनका लागि गृह मन्त्रालयले नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयकमा शुक्रवार बसेको बैठकले सत्यतथ्य घटनाको छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको हो। मन्त्रालयमा बसेको बैठकले विज्ञप्ति जारी गदैं मृत्यु भएका खुर्शिद अन्सारीलाई शहिद घोषणा र उचित राहत दिने समेत निर्णय गरेको छ।

विज्ञप्तिमा भनिएको छ, घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखी दोषीलाई काुननी दायरामा ल्याई अविलम्ब कारवाही गर्ने उल्लेख छ। घटनाप्रति गृह मन्त्रालयले गहिरो दुख समेत व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

गृह मन्त्रालयले उक्त घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सिआईभी)को टोली समेत त्यहाँ खटाएको छ।

भुटाहामा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई शुक्रवार अपरिचित समूहले गोली हानी हत्या गरेपछि आज भुटाहा बजार तनावग्रस्त भएको थियो।

मृतकको शव आफन्तलाई बुझाउन र स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आज स्थानीयहरुले भुटाहा बजारमा प्रदर्शन गरेका कारण अवस्था तनावग्रस्त बनेको हो ।

  • 13
    Shares