You are here
Home > समाचार > एपीएफ टोलीले गर्यो चोरीपैठारीको लत्ताकपडा बरामद

एपीएफ टोलीले गर्यो चोरीपैठारीको लत्ताकपडा बरामद

५ आश्विन २०७५, शुक्रबार २०:११

कैलाली –कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ७ बिजुलीयाबाट एपीएफ टोलीले करीब ३ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । भारतबाट नेपालतर्फ अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर आउँदै गरेका व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथ उक्त लत्ताकपडा तथा मोटरसाइकल सोही ठाउँमा छाडी फरार भएपछि एपीएफ टोलीले उक्त लत्ताकपडासहित मोटरसाइकल समेत बरामद गरेको हो।

बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

  • 5
    Shares