You are here
Home > समाचार > एपीएफ टोलीद्वारा अवैध सालका गोलिया बरामद

एपीएफ टोलीद्वारा अवैध सालका गोलिया बरामद

५ आश्विन २०७५, शुक्रबार २०:१३

पर्सा-पर्सा जिल्लाको सखुवापर्सौनी गाँउपालिका १ टाँडी ईलाकाबाट एपीएफ टोलीले करीब २१ क्युफिट सालको गोलिया काठ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो। सोही ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा तीन वटा सालको गोलिया काठ फेला परेको थियो।

एपीएफ टोलीले बरामद काठ आवश्यक कारवाहीको लागि ईलाका वन कार्यालय सखुनियामा बुझाएको छ ।

  • 7
    Shares