You are here
Home > समाचार > अमेरिकामा एक महिलाले गोली चलाउँदा नेपालीसहित तीनको मृत्यु

अमेरिकामा एक महिलाले गोली चलाउँदा नेपालीसहित तीनको मृत्यु

६ आश्विन २०७५, शनिबार १०:०१

काठमाडौं-अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली महिलाको हत्या भएको छ। अर्का एक नेपाली घाइते भएका छन्।

२६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्ध गोली चलाउदम नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको मृत्यु भएको हो।

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको बताए।

अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएको बताइएको छ ।

सो घटनामा अमेरिकी नागरकि सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो ।

  • 3
    Shares