You are here
Home > समाचार > असहाय युवालाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गरिने

असहाय युवालाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गरिने

६ आश्विन २०७५, शनिबार १०:२९

काठमाडौ–गोगबुमा गत सोमबार एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी दोषीमाथि कारबाही गर्ने जनाएको छ। सोमबार बिहान गोंगबुस्थित बिजीमल शिवमन्दिर नजिक एक युवालाई निर्धात कुटपीट गरिएको थियो।

सडक जीवन बिताउने ती युवालाई स्थानीय पसलेले पनि कुटपीट गरेका थिए। पसल क्षेत्रमा बसेको भन्दै ती पसलेले युवा माथि पानी खन्याउने, कुट्ने गर्दै आएका थिए। तर मानसिक अस्वस्थताको आशंका गरिएका ती युवकले पसलेलाई अपशब्द प्रयोग गर्ने, फोहोर गर्ने गरेको भनाई पसलेहरुको छ।

ती युवाको आवश्यक व्यवस्थापन गर्नुपर्ने स्थानीय प्रहरी प्रभागका प्रहरीले पसलेसमेतको सहयोगमा लाठी र बुट प्रहार गर्दै निर्मम कुटपीट गरेका थिए।

 

  • 3
    Shares