You are here
Home > समाचार > ठमेलको ओनेक्स क्लबमा प्रहरीको छापा, २३ किशोरीसहित सञ्चालक पक्राउ

ठमेलको ओनेक्स क्लबमा प्रहरीको छापा, २३ किशोरीसहित सञ्चालक पक्राउ

६ आश्विन २०७५, शनिबार १३:४०

काठमाडौं-प्रहरीले काठमाडौंको ठमेलबाट एक क्लबमा छापा मारी प्रहरीले २३ किशोरीसहित सञ्चालक नियन्त्रणमा लिएको छ।

ठमेलको ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राति छापा मारी प्रहरीले १८ वर्ष मुनिका २३ किशोरी र एक किशोरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले क्लब सञ्चालक काभ्रेको रोशी गाउँपालिका–१ घर भई हाल सुन्धारा बस्ने वर्ष ३३ का सत्यमान दोङलाई पनि नियन्त्रणमा लिएको छ ।

१८ वर्ष मुनिका केटाकेटीहरूको अनधिकृत रूपमा प्रवेश गराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारबमार्गबाट खटिएको प्रहरी टोलीले उक्त क्लबमा छापा मारेको थियो। १८ वर्ष मुनिकाले क्लबमा जान नपाउने नियम छ ।

पक्राउ गरिएका किशोरी र किशोरलाई अनुसन्धानका लागि प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

  • 15
    Shares