You are here
Home > खेलकुद > ढोरपाटन पुरुष भलिबल : एपीएफ च्याम्पियन,सर्वोकृष्ट खेलाडी एपीएफका महेन्द्र

ढोरपाटन पुरुष भलिबल : एपीएफ च्याम्पियन,सर्वोकृष्ट खेलाडी एपीएफका महेन्द्र

६ आश्विन २०७५, शनिबार २०:३८

काठमाडौं-सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउदै एपीएफ च्याम्पियन बनेको हो।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा एपीएफले गण्डकीलाई २५\१९,२५ \ १५ र २५ \ १७ को सेटमा हरायो।

यसअघि सेमिफाइनलमा एपीएफले गिताञ्जली कलेज र प्रदेश ४ ले ढोरपाटन क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो।

उपाधिसंगै एपीएफले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश ४ ले ६० हजारमा चित्त बुझायो। तेस्रो भएको गिताञ्जली कलेजले ३५ हजार प्राप्त गर्यो । तेस्रो स्थानको लागि भएको खेलमा गिताञ्जलीले ढोरपाटन क्लबलाई २५\२८,३० \२८ र २५ \ १५ को सेटमा हरायो ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी एपीएफका महेन्द्र श्रेष्ठ घोषित भए । महेन्द्रले एक थान मोटरसाइकल प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गिताञ्जलीका दौलत सिंह, सेटर एपीएफका दिनेश गिरी, डिफेन्स प्रदेश ४ का राजन दर्लामी मगर, स्पाइकर एपीएफका टेकराज अवस्थी, ब्लकर प्रदेश ४ का हरी पाण्डे, क्वीकर एपीएफका बलिराम चौधरी र प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट चुनिए ।

उत्कृष्ट हुनेले समान ५\५ हजार नगद प्राप्त गरे ।ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा खेल भएको थियो।

  • 7
    Shares