You are here
Home > प्रशासन > सरकारद्धारा नेपाली सेनाका दुई जना उपरथीमा बढुवा

सरकारद्धारा नेपाली सेनाका दुई जना उपरथीमा बढुवा

६ आश्विन २०७५, शनिबार २०:४३

काठमाडौं-सरकारले नेपाली सेनामा दुई जना सहायकरथीलाई उपरथीमा बढुवा गरेको छ।हालका प्रधानसेनापति पूर्णचन्द्र थापा कायममुकायम रहेकै बेला साउन अन्तिम साता उपरथीमा बढुवा सिफारिस भएका रघु भण्डारी र नरेश चन्द्र भट्टलाई सरकारले बढुवाको निर्णय गरेको हो।

आफूलाई बढुवामा सिफारिस नगरेको भन्दै यसअघि भण्डारी र भट्टभन्दा सिनियर रहेका सहायक रथी नयनराज दाहालले सर्वोच्चमा मुद्दा दायर गरेपछि बढुवा नियुक्ति हुन सकेको थिएन।

दाहालले प्रस्तुत गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। जसकारण बढुवा सिफारिस सदर हुन सकेको थिएन।

तर, सर्वोच्चले पछिल्लो पटक बढुवा नरोक्न भनेपछि शुक्रबारको मन्त्रिपरिषद् बैठकले भट्ट र भण्डारीलाई उपरथीमा बढुवा गरेको हो।

  • 5
    Shares