You are here
Home > राजनीति > यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई सात जिम्मेवारी

यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई सात जिम्मेवारी

७ आश्विन २०७५, आईतवार १२:५२

काठमाडौं-नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले प्रदेशको इन्चार्जहरु तोकेसँगै जिम्मेवारी पनि तोकेको छ। इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई जिम्मेवारी दिइएको हो। जिम्मेवारीको बारेमा सर्कलरमार्फत जानकारी गराइएको छ ।

गत बिहीबार बसेको सचिवालय बैठकले सातै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो ।मातहतको कमटीहरुको एकीकरणको कामलाई प्रमुख जिम्मेवारीका रुपमा दिइएको छ ।

यी हुन् जिम्मेवारी दिएका

१) प्रदेशका ईञ्चार्ज, सह–ईञ्चार्ज, अध्यक्ष र सचिवहरुको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरुको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने

२) सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरुसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने

३) आफ्नो तह र मातहतका पार्टी कार्यालयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने

४) आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने

५) पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने र केन्द्रीय सचिवालयमा बुझाउने, ५ प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने

६) प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने

७)उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने ।

  • 1
    Share