You are here
Home > अर्थ/बजार > बुढीगण्डकी जलविद्युत आयोजना फेरी गेजुवालाई दिने निर्णय

बुढीगण्डकी जलविद्युत आयोजना फेरी गेजुवालाई दिने निर्णय

७ आश्विन २०७५, आईतवार १३:००

काठमाडौं –१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा कम्पनीलाई फेरि दिने निर्णय भएको छ । शुक्रबार राति मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयलाई उक्त चिनियाँ कम्पनीसँग वार्ता गरी प्रारूप सम्झौता गर्न निर्देशन दिएको हो।

मन्त्रालय स्रोतका अनुसार गेजुवाले केही समयअघि प्रधानमन्त्री कार्यालयमा प्रस्ताव दर्ता गराएको थियो। त्यसैअनुसार मन्त्रिपरिषद्ले प्रस्ताव अघि बढाउन ऊर्जालाई जिम्मा दिएको हो।

यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ जेठमा यो आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र गेजुवाका प्रतिनिधिले प्रधानमन्त्री निवास बालुवाटारमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

दाहालपछि शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले चिनियाँ कम्पनीलाई बूढीगण्डकी निर्माणको जिम्मा दिने पूर्ववर्ती सरकारको निर्णय खारेज गर्दै स्वदेशी लगानी र सीपमा बनाउने घोषणा गरेको थियो।

  • 5
    Shares