You are here
Home > अर्थ/बजार > एपीएफको टोलीद्धारा २५ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

एपीएफको टोलीद्धारा २५ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

७ आश्विन २०७५, आईतवार १३:१७

काठमाडौं –कैलालीमा अबैध रुपमा नेपाल भित्राउन लागिएको ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका वडा नम्वर ३ कुसुमघाटबाट ठुलो परिमाणमा भारतीय रुपैँया ल्याउदै गर्दा एक जनालाई पक्राउ गरेको हो।

आलुको बोरामा भारतीय रुपैँया ल्याउदै गर्दा एकजनालाई पक्राउ गरिएको सीमा सुरक्षा कार्यालय कैलालीका सशस्त्र प्रहरी नायव उपरिक्षण विष्णु भट्टले जानकारी दिए।

अहिले ईलाका प्रहरी कार्यालय टिकापुरमा राखेर भारतीय रुपैँयाको गन्ती भईरहेको उनले जानकारी दिए। उनका अनुसार अन्दाजी २५ लाख भारतीय रुपैयाँ रहेको छ।

  • 13
    Shares