You are here
Home > प्रशासन > खुर्शिद आलम हत्याः कमजोर सुरक्षापछि डीएसपी थापाको कमाण्डमा ४० जनाको टोली खटियो

खुर्शिद आलम हत्याः कमजोर सुरक्षापछि डीएसपी थापाको कमाण्डमा ४० जनाको टोली खटियो

७ आश्विन २०७५, आईतवार १३:४५

काठमाडौं-सुनसरीको हरिनगरमा भारतबाट आएको आपराधिक समूहबाट गोली हानी खुर्शिद आलमको हत्या भएपछि उक्त भेगमा रहेका सुरक्षा युनिट फेरबदल गरिएको छ ।

गोली हानी हत्यारा सहजै फरार हुनुमा स्थानीयले सुरक्षा कमजोरी औल्याउँदै सुरक्षाकर्मीको टोली परिवर्तन हुने पर्ने माग राखेका थिए ।

हत्या घटना पश्चात जिल्ला सुरक्षा समिति सुनसरीको आकस्मिक बैठकले सुरक्षाकर्मी परिवर्तन गर्ने जानकारी गराएको थियो । सोही अनुरुप भुटाहादेखि घुस्की सम्मका सशस्त्र र नेपाल प्रहरीका युनिट परिवर्तन गरिएको हो। सशस्त्र प्रहरीको भुटाहा बेस क्याम्पमा डीएसपी निर्मल थापाको कमाण्डमा तत्कालका लागि ४० जनाको नयाँ टोली खटाइएको छ।

त्यसैगरी बसन्तपुर र घुस्की सीमा सुरक्षा पोष्टमा समेत फेरबदल गरिएको छ। आजबाट लागु हुनेगरी प्रहरी सहायक निरिक्षक मुनिका सबै सुरक्षाकर्मी परिवर्तित हुने छन्।

अधिकृत तहको कर्मचारी सरुवाको क्रममा रहेकाले सोही अनुरुपको दरबन्दी कायम हुने सशस्त्र सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ।

त्यसैगरी नेपाल प्रहरीको भुटाहा र घुस्कीमा रहेका प्रहरी चौकीका सुरक्षाकर्मी समेत फिर्ता बोलाइएको छ। बसन्तपुर चौकीको टोलीको स्थानमा समेत नयाँ टोली खटाउन लागिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

  • 11
    Shares