You are here
Home > अर्थ/बजार > एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता, पाँच बर्षका लागि २ करोड

एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता, पाँच बर्षका लागि २ करोड

७ आश्विन २०७५, आईतवार १४:०१

काठमाडौं-सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राली (महिन्द्रा)बीच पाँच वर्षको लागि प्रायोजन सम्झौता नवीकरण भएको छ।

आइतवार हल्चोक भएका भएको कार्यक्रममा नेपाल एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि सम्झौता नवीकरण भएको हो।एपीएफ क्लबका अध्यक्ष रामशरण पौडेल र अग्नि समूहका निर्देशक अर्जुनप्रसाद शर्माले सम्झौता पत्र आदान प्रदान गरे।

पौडेलका अनुसार एपीएफ क्लब र महिन्द्राबीच आगामी पाँच वर्षको लागि दुर्इ करोड बराबरको सम्झौता भएको हो। जसअनुसार महिन्द्राले एपीएफलाई वार्षिक ४० लाख उपलब्ध गराउनेछ।

अब एपीएफको फुटबल र क्रिकेटको महिला पुरुष दुवै टोलीले महिन्द्रको लोगो अंकित जर्सी लगाएर खेल्नेछन् भने क्लबको नाम नेपाल एपीएफ महिन्द्रा क्लब हुनेछ।

२०७१ सालमा एपीएफ र महिन्द्राबीच वार्षिक २२ लाख १० हजारका दरले पाँच वर्षको लागि १ करोड ११ लाखको सम्झौता भएको थियो। यस पटक झण्डै दोब्बर बढी रकममा सम्झौता नवीकरण भएको हो।

यसैगरी अग्नी समूहका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले एपीएफका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई २ करोडको चेक हस्तान्तरण गरे।

महानिरीक्षक खनालले यस सम्झौताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझै राम्रो खेल्न उत्प्रेरणा मिल्ने बताए। साथै खेलाडीमाथि जिम्मेवारी समेत थपिएको उनको भनाई छ।

  • 430
    Shares