You are here
Home > समाचार > प्रहरी हबल्दार थापाका हत्यारालाई प्रहरीले संरक्षण गरेको पीडित परिवारको आरोप

प्रहरी हबल्दार थापाका हत्यारालाई प्रहरीले संरक्षण गरेको पीडित परिवारको आरोप

७ आश्विन २०७५, आईतवार १६:१६

काठमाडौं-सल्यानमा जेठ २३ गते प्रहरी हबल्दार रमेशकुमार थापा मृत फेला नभएर हत्या भएको पीडित परिवारको आरोप छ। पीडित परिवारले यति मात्रै नभएरर प्रहरीले दोषिलाई संरक्षण दिएको आरोप समेत लगाएका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालमा मृतक हवल्दारका बुबा भूपालबहादुर थापाले पत्रकार सम्मेलनमा आफ्नो छोराको मृत्यु नभएर रहस्यमय तरिकाले हत्या गरिएका्े बताए। उनले दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेमा प्रहरीले उल्टै घट्नालाई तोडमोड गरेको आरोप लगाए ।

उनले भने,‘जेठ २३ गते सल्यानको सारदा नगरपालिका सिराचौर वडा नम्बर ५ को जंगलमा मेरो छोराको लाश भेटियो त्यसपछि दैलेखबाट ४ जना हाम्रा मान्छे लाश लिन सल्यान पुगे, प्रकृति मुचुल्का उठाएर शवको पोष्टमार्टम गरियो, २४ गते राति ३ बजे छोरोको लाश दैलेख पुर्याइयो, हामीले धर्मकर्मको आधारमा सतगत गर्यौ, हामीलाई शंका लागेर सल्यान प्रहरीलाई जाहेरी दिन पुग्यौं ।

तर, जाहेरी लिन मानेन, सल्यान प्रहरी प्रमुख भरतबहादुर बिककै सामुन्नेमा प्रहरी जवानसमेत रहेकी मेरी बुहारीले अपमान हुनेगरि कठालोसमेत समातिन, प्रहरी प्रमुखले कुनै प्रतिक्रिया दिएनन् ।’

उनले भने,‘छोराको लाश भेटिएको ठाउँमासमेत नपुगेकी बुहारी, एकैचोटी अस्पतालमा पुगेकी थिईन् भन्ने मैले सुनें, श्रीमान् मरेको बेलापनि दुःखित् नहुनु, कुनै प्रकारको संवेदना प्रकट नगर्नुले छोराको हत्यामा संलग्न व्यक्ति त्यही बुहारी हो भन्ने मेरो दाबी छ, बुहारी र उसको आमा मिलेर यो सबै अपराध गरेको हुन सक्छन् भनेर म प्रहरीकहाँ जाहेरी दिन गएको थिएँ ।

पीडित परिवारले दिएको जानकारी अनुसार बर्दियाको ईलाका प्रहरी कार्यालय मैनापोखरबाट ३४ वर्षीय मृतक हवल्दार रमेश कुमार थापा जेठ २० गते ससुराली सल्यान पुगेका थिए ।

मैनापोखरमै कार्यरत महिला प्रहरी जवानसमेत रहेकी एवम् मृतक थापाकी श्रीमती यशोधरा रावल जेठ १७ गतेनै सल्यान आएको र श्रीमान श्रीमतीबीच मनमुटाव भएको सामान्य जानकारी पाएका पीडित परिवारले जानकारी दिएको छ।

  • 5
    Shares