You are here
Home > समाचार > प्रहरी टोलीले मदिरा बरामद

प्रहरी टोलीले मदिरा बरामद

७ आश्विन २०७५, आईतवार १६:२५

काठमाडौं-हुम्ला जिल्ला सिमकोट गाउँपालिकाअन्तर्गत डेहे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चीनको सीमा क्षेत्रमा पर्ने बैजिबाडा गाउँबाट झाडीमा लुकाइराखिएको ३० बोरामा ६० कार्टुन चिनियाँ मदिरा आज बरामद गरेको छ ।

चीनसँग जोडिएका नाकाबाट चिनियाँ मदिरा जिल्लामा भित्रिएको खबर आउन थालेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले चीनसँग जोडिएका नाकालाई सुरक्षामा थप कडाइ गरिएको जिल्ला प्रहरीका कार्यालयका गजेन्द्र बोगटीले बताए।

चीनबाट जिल्लामा भित्रिने चिनियाँ मदिरामा कडाइ गरिए पनि हुम्लाका विभिन्न चोर नाकाबाट झिँनी आउने गरेको र यसलाई विस्तारै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए।

बरामद गरिएको मदिरा कोलेनिका, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सञ्चारकर्मीको रोहवरमा नष्ट गरिने बताइएको छ।

  • 3
    Shares