You are here
Home > प्रशासन > चार महिनामा विप्लवका २ सय ६३ र सिके राउतका ३१ कार्यकर्ता पक्राउ

चार महिनामा विप्लवका २ सय ६३ र सिके राउतका ३१ कार्यकर्ता पक्राउ

७ आश्विन २०७५, आईतवार १६:४१

काठमाडौं –नेपाल प्रहरीले वैशाखदेखि साउन महिनासम्मको अवधिमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका २ सय ६३ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। यस्तै सिके राउत समूहका ३१ कार्यकर्ता समातिएका छन्।

७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), पोलिटब्यूरो सदस्य उमा भुजेलदेखि जिल्ला र स्थानीय तहका नेता, कार्यकर्तासम्म छन् ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार ३ महिनाको अवधिमा प्रदेश १ बाट मात्रै एक सय ५ जना पक्राउ परेका छन् । झापाबाट २०, सुनसरीबाट २४, ताप्लेजुङबाट २, उदयपुरबाट ४, सोलुखुम्बुबाट २, ओखलढुंगाबाट १, धनकुटाबाट ६, संखुवासभाबाट ७, इलामबाट १४, पाँचथरबाट ७, खोटाङ र मोरङबाट ३र३, तेह्रथुमबाट ९ र उदयपुरबाट एक जना पक्राउ परेका छन् ।

प्रदेश २ बाट जम्मा ५ जना पक्राउ परेका छन्। जसमा पर्साबाट २, सर्लाहीबाट १ र महोत्तरीबाट २ जना रहेका छन्। प्रवक्ता थापाका अनुसा प्रदेश ३ बाट एक सय जना पक्राउ परेका छन्।

यसैगरी काठमाडौंबाट ५०, ललितपुरबाट ७, भक्तपुरबाट ११, मकवानपुरबाट ६, चितवनबाट १३, रसुवाबाट ६, काभ्रेबाट २, दोलखा र धादिङबाट १र१ र सिन्धुलीबाट ३ जना पक्राउ परेका छन्।

गण्डकी प्रदेशमा ११ जना समातिएका छन्। पर्वत, तनहुँ र म्यादीबाट २र२, गोरखा, लमजुङ कास्की, मुस्ताङ र बागलुङबाट १\१ जना पक्राउ परेका हुन्। प्रदेश ५ मा ७ र कर्णाली प्रदेशमा २१ जना पक्राउ परेका छन् ।

५ नं. प्रदेशमा रोल्पा र रुपन्देहीबाट १\१, प्यूठानबाट २ र बाँकेबाट ३ जना गरी ७ जना पक्राउ परेका थापाले जानकारी दिए । कर्णाली प्रदेशको सल्यानबाट ५, डोल्पाबाट ७, मुगुबाट ५, दैलेख र कालिकोटबाट २र२ जना पक्राउ परेका छन् । प्रदेश ७ को डडेल्धुराबाट १, कैलालीबाट ७, बैतडी र बझाङबाट ३र३ जना पक्राउ परेका हुन् ।

यसैगरी, प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका नाममा तराईमा गतिविधि गर्दै आएका सीके राउत समूहका ३१ जना कार्यकर्तालाई पनि यही अवधिबाट पक्राउ गरेको छ । धनुषाबाट २८ र सिराहाबाट ३ जना सीके राउतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । यसअघि ०७४ सालमा रुपन्देहीबाट ८, झापाबाट १, बाँकेबाट ३, बर्दिया र कलिवस्तुबाट १र१ गरी १४ जना पक्राउ परेका थिए ।

सरकारले विप्लव समूह र सिके राउत समूहसँग वार्ता गर्न भनेर सांसद सोमप्रसाद पाण्डेको संयोजकतको समिति पनि बनाएको छ । समितिले गएको भदौ २५ गते पत्रकार सम्मेलन गरि वार्ताका लागि सबै असन्तुष्ट समूहलाई आह्वान पनि गरेको थियो ।

अर्धभूमिगत राजनीतिक गरेको नेकपाका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि पार्टीका महासचिव विप्लव पनि भूमिगत भएको प्रहरीले जनाएको छ ।

  • 20
    Shares