You are here
Home > प्रशासन > अवैध कारोबार गरेको आशङ्कामा सरकारी निकायद्धारा छानविन शुरु

अवैध कारोबार गरेको आशङ्कामा सरकारी निकायद्धारा छानविन शुरु

७ आश्विन २०७५, आईतवार २१:२५

भद्रपुर –गोदाम राखेर अवैध कारोबार गरेको आशङ्कामा भद्रपुर बजारमा सरकारी निकायले छानविन शुरु गरेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीको आदेशमा आन्तरिक राजस्व कार्यालय भद्रपुरको नेतृत्वमा भद्रपुर–५ मा रहेको बजरङ्गबली अर्डर एण्ड सप्लायर्सको गोदाममा छानविन शुरु गरिएको हो ।

विषेश सूचनाको आधारमा आन्तरिक राजस्व कार्यालयका अधिकृत पेशल न्यौपाने,सशस्त्र प्रहरी बल गण नम्बर–२ का डिएसपी दोर्णबिक्रम शाह लगायत गएको टोलिले तीन दिन देखी चारओटा गोदाममा छानविन शुरु गरिएको सशस्त्रका एसपी रेशमकुमार थक्सूले जानकारी दिए। सूचना आएपछि गोदामलाइ सुरक्षा घेरामा राखी कर कार्यालयबाट कर्मचारी आएर प्रहरीको सहयोगमा छानविन शुरु गरिएको एसपी थक्सूको भनाइ छ ।

सूचनाको आधारमा गोदाममा रहेका सत्र प्रकारका कपडाको छानविन भइरहेको आन्तरिक राजस्व अधिकृत न्यौपानेले बताए । अजय शाह सञ्चालक रहेको गोदाममा एकदिन भरसम्म छानविन गर्दा एउटा गोदाममा अवैध सामान फेला नपरेको न्यौपानेको भनाइ छ। बाँकी गोदाममा भने राजस्वले शिल गरिएको उनले जनाए।

सिल गरिएको गोदामलाइ निरन्तरता दिइने उनले जानकारी दिए। वजरङ्वली अर्डर एण्ड सप्लायर्सको नाममा रहेको फर्म भने केही महिना अघि कर छलिको आरोपमा सुनसरी अदालतबाट झण्डै डेढ करोडको वैङ्क धरौटीमा छुटेका भद्रपुरका कारोबारी सञ्जीव घोषको रहेको बुझिएको छ।

  • 1
    Share