You are here
Home > अर्थ/बजार > अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

८ आश्विन २०७५, सोमबार ०७:५३

काठमाडौं-नेपाली सेनाले इन्सास र एसएलआर हतिहार विस्थापन गरेर मातहतका सवै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको एम-६ राइफल उपलव्ध गराउने भएको छ।

करिब १५ वर्षपछि एकैपटक एम-१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिमाणमा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम-१६ राइफलको मूल्य १ हजार ५ सयदेखि ३ सय हजार अमेरिकी डलरसम्म पर्छ।

करिव ९७ हजार फौज तैनाथ रहेकोमा आगामी ४ वर्षभित्र इन्सास र एसएलआर राइफल विस्थापित गर्ने गरी नयाँ हतियार किन्न प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ।

यी हतिहार  जी-टु-जी प्रक्रिया अन्तर्गत अमेरिकाबाट सीधै हवाईमार्गबाट ल्याइने छ। भारतले सैन्य सहायतामा स्पष्ट नीति नलिएपछि तेस्रो मुलुकसँगै जीटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको उच्च स्रोतले जानकारी दियो।

सेना एमपी ५,जीपीएमजी,एमएमजी,एसएमजी ९ एमएम ग्लक, एचके युससपी रकेट लन्चर,प्रिनेड ५१ मोर्टार, बम डिस्पोज भेइकल, इलेक्ट्रिक संकलन लगायत सामग्री क्रमशः खरिद गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

‘चालु आवलाई ३ चरणमा वर्गिकरण गरेर पहिलो चौमासिकमा २० प्रतिशत र बाँकी दुई चौमासिकमा ४०\४० प्रतिशत काम सम्पन्न हुने गरी हतियार गोली गठ्ठा लगायत घातक सैन्य सामग्री खरिद गर्न लागिएको छ सैनिक स्रोतले भन्यो।

’ स्रोतका अनुसार हतियार किन्न लागेको सेनाले ३ अर्ब भन्दा बढी बजेट खर्चेर ६ एम-१६ र एम-४ राइफल, पिस्टोलसहित ६ हजार ४ सय थान हतियार किन्न प्रक्रिया थालेको हो।कारोवार दैनिक

  • 26
    Shares