You are here
Home > समाचार > उपरथीमा बढुवा भएका भण्डारी र भट्टलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथीमा बढुवा भएका भण्डारी र भट्टलाई दर्ज्यानी चिन्ह प्रदान

८ आश्विन २०७५, सोमबार ११:४९

काठमाडौं– मन्त्रिपरिषद्को गत असोज ०५ गतेको निर्णय अनुसार उपरथी पदमा बढुवा भएका रघु भण्डारी र नरेश चन्द्र भट्टलाई प्रधानसेनापछि पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

यसअघि भण्डारी कल्याणकारी योजना निर्देशनालयका सहायक रथी थिए भने भट्ट रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी थिए ।

उनीहरु दुबैलाई आइतबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हसँगै भण्डारी संभाररथीको कार्यालय र भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति भएका छन्।

  • 23
    Shares