You are here
Home > राजनीति > प्रधानमन्त्री ओली र ट्रम्पबीच २ मिनेट भेटघाट हुने

प्रधानमन्त्री ओली र ट्रम्पबीच २ मिनेट भेटघाट हुने

८ आश्विन २०७५, सोमबार १३:१५

काठमाडौं-संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिले दिने रिसेप्सनमा सहभागी हुने भएका छन्। उक्त रिसेप्सनमा ओली र ट्रम्पबीच २ मिनेट भेटघाट र फोटो सेसन हुने जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्क पुगेका छन्। न्योर्कको जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, महासचिव राधाकृष्ण देउजा लगायत विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका हुन्। पधानमन्त्रीको भ्रमण दलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।

प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिका जाने कार्यक्रम छ । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली असोज १८ गते स्वदेश फर्किने छन्।

  • 41
    Shares