You are here
Home > समाचार > निर्मला पन्तका हत्यालाई कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री थापाको प्रतिवद्धता

निर्मला पन्तका हत्यालाई कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री थापाको प्रतिवद्धता

९ आश्विन २०७५, मंगलवार १८:२७

काठमाडौं–गृहमन्त्री राम बहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने प्रतिवद्धता जनाएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नलाई कानुनी कठघरामा उभिने बताएका हुन् ।

उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाइसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज हुने उनको तर्क थियो।

समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन उनले बताए। मदन आश्रितका हत्यारालाई अहिले सम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिँदै उनले निर्मला पन्तको घटनाका दोषि पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गरे।

उनले बर्दियाका राम मनोहर यादवको प्रहरीको यातनाले नभई ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको दाबी गरे।

प्रहरीले यादवलाई कुनै पनि किसिमको यातना नदिएको दाबी पनि उनले गरे ।

  • 43
    Shares