You are here
Home > समाचार > बलात्कारपछि हत्याः कडा कारवाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ

बलात्कारपछि हत्याः कडा कारवाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ

१० आश्विन २०७५, बुधबार १७:४६

पोखरा – बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ। छोरेपाटनबाट नारावाजी गर्दै आएको बिशेष गरेर महिलाहरु रहेको जुलुसले जिल्ला प्रहरी कार्यालय गैह्रपाटन आएर घेराउ गरेको हो ।

पोखरा- २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी कुसुम पौडल मंगलबार राति पक्राउ परेका थिए।

प्रहरीले आरोपीलाई सार्वजनिक गर्ने तयारी गर्दै गर्दा ठूलो समुह प्रदर्शनमा उत्रिएपछि पत्रकार सम्मेलन समेत हुन सकेको छैन।

सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि कुसुम पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्।

  • 1
    Share