You are here
Home > समाचार > १० वर्षीया अबोध बालिकालाई १० रुपैया दिएर बलात्कार , अभियुक्तद्वारा अपराध स्वीकार

१० वर्षीया अबोध बालिकालाई १० रुपैया दिएर बलात्कार , अभियुक्तद्वारा अपराध स्वीकार

१० आश्विन २०७५, बुधबार २०:२३

पोखरा-पोखरास्थित पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया बिकलाई बलात्कारपछि हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको बताए।

घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले घटना सार्वजनिक भएको १६ घण्टामा संलग्नलाई पक्राउ गर्न सफल भएको एसपी रानाको भनाइ छ ।

बालिकाको बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुशुम पौडेलले प्रहरी समक्ष अपराध स्वीकार गरेका हुन् । सोमबार साँझदेखि हराएकी श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन्।

उनको बलात्कार पछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीले जनाएको छ। अभियुक्त पौडेलले प्रहरीलाई दिएको बयान अनुसार रक्सी सहित लागुऔषध सेवन गरेर श्रेयालाई उनले १० रुपैया दिइ नजिक बोलाएका थिए।

पैसा पाएपछि खुशी श्रेयालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याए लगत्तै घाँटीमा समातेर झाडिमा धकेलेका थिए । त्यसपछि बेहोस् बनेकी बालिकालाई उनले करणी गरी ढुंगाले टाउकोमा हानेर हत्या गरेको गरेको अनुसन्धानका क्रममा थाहा भएको छ।

  • 3
    Shares