You are here
Home > समाचार > सशस्त्रद्वारा डेढ क्वीन्टल ब्रोइलर कुखुरा बरामद

सशस्त्रद्वारा डेढ क्वीन्टल ब्रोइलर कुखुरा बरामद

११ आश्विन २०७५, बिहीबार ०६:२९

काठमाडौं-भन्सार छली अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सीमा नाकाबाट झण्डै डेढ क्विन्टल ब्रोइलर कुखुरा बरामद गरेको छ ।

विशेष चेकजाँचका क्रममा कृष्णनगर नम्बर ३९ भन्सार गुल्मले कृष्णनगर नगरपालिका १२, बेदमउबाट बरामद गरेको हो । सशस्त्रलाई देखेर तस्कर फरार भएपछि बेवारिसे अवस्थाबाट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज कुमार धितालले जानकारी दिए।

बरामद गरिएको कुखुरा नेपाली बजार मूल्य झण्डै ५० हजार रुपैयाँ पर्ने गुल्मपति धितालले बताए। नगरपालिका प्रतिनिधि, स्थानीय बुद्धिजिवी, मानवअधिकारकर्मी लगायतको रोहबरमा खाल्डो खनी नष्ट गरिएको धितालले जनाए।

  • 3
    Shares