You are here
Home > राजनीति > नेकपाका अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान

नेकपाका अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान

११ आश्विन २०७५, बिहीबार ०७:४४

 काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि असोज १० गते साँझ सिङ्गापुर प्रस्थान गरेका छन् ।

यसअघि ‘प्रचण्ड’ पत्नी सीताको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आउनुभएको छ । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत गएका छन् ।

नेपालमा उपचार सम्भव नभएपछि सीतालाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो ।

  • 1
    Share