You are here
Home > प्रशासन > कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टार अख्तियारको फन्दामा

कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टार अख्तियारको फन्दामा

११ आश्विन २०७५, बिहीबार १३:५५

काठमाडौं– सरकारी कागजात कीर्ते गरेर शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालि नामक कम्पनी अर्काको नाममा नामसारी गरेको अभियोगमा कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टारलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

बुधबार काठमाडौंको बबहरमहलस्थित फरेष्ट्री कम्प्लेक्स अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उप–रजिष्टार धर्मराज रोकाय र गंगाधार पौडेल रहेका छन् ।
यसअघि सोही किर्ते प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई सहायक रजिस्टार सहित ठगीमा संलग्न १२ जनालाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।

कम्पनी रजिष्टारको कार्यालयका कर्मचारीहरुसँगको मिलेमतोमा एक दर्जन बढी व्यक्तिहरु मिलेर शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका संचालक राम निरञ्जन जटियालाई कार्यालमा उपस्थित नथगराईकन कम्पनीको स्वामित्व हस्तान्तरण गरेका थिए । बुधबार पक्राउ परेका रोकाय र पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यसअघी केन्द्रिय अनुसन्धान ब्युरोले कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत सहायक रजिष्टारहरु नारायण प्रसाद पोखरेल उमेशमान जोशी सहित १२ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाईएको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) सानुराम भट्टराईले जानकारी दिए।

त्यसबेला मकवानपुरका राजन प्रसाद लम्साल, काठमाडौंका निरज कुमार मानन्धर, रामेछापका जित बहादुर मगर, मोरङका पुण्य प्रसाद खरेल, काभ्रेका राज कुमार तामाङ, काठमाडौंका हिमाल महर्जन र चिरीबावु महर्जन तथा बाराका अमृत थापा मगर लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

  • 3
    Shares