You are here
Home > अर्थ/बजार > सट्टेबाज नाइके नागराजमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थाल्यो

सट्टेबाज नाइके नागराजमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थाल्यो

११ आश्विन २०७५, बिहीबार १४:३१

काठमाडौं –सट्टेबाजका नाइके नागराज अमृत भनिने नथमल अग्रवाललाई अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाइएको छ।

नागराजले विश्वकप फुटबल र इन्डियन प्रियमिर लिग (आइपिएल) मा कुन टिमको हाजजित हुन्छ भनि सट्टेबाजी खेलाई तेब्बर रकम दिन्छु भनी ३ करोड ठगी गरेको अभियोग छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असार ९ गते उनलाई पक्राउ गरेको थियो।

जनकपुर–३ घर भएका उनी त्यसबेला काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेका थिए। साउन ३ गते काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। पछि उच्च अदालत पाटनले भदौ २१ गते ४० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

अदालतकै पत्रअनुसार बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसान्धान गर्नुपर्ने देखिएको भन्दै बिहीबार विभाग पठाइएको महाशाखाले जनाएको छ।

  • 4
    Shares