You are here
Home > समाचार > संघीय संसदको दोश्रो अधिवेशन अन्त्य

संघीय संसदको दोश्रो अधिवेशन अन्त्य

११ आश्विन २०७५, बिहीबार १८:०३

काठमाडौं– संघीय संसदको दोश्रो अधिवेशन बिहिबार मध्यरातीदेखि समाप्त भएको छ ।बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आजै बिहिबार रातीदेखि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । दोश्रो अधिवेशन अन्तर्गत २०७५ बैशाख २३ गते आईतबार पहिलो बैठक बसेको प्रतिनधिसभा बैठक असोज ११ गते सम्म गरि जम्मा १ सय ३५ दिन चालु रह्यो ।

यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो । यो अधिवेशनले चालु आर्थिक २०७५\७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्ताव वाहेक विनियोजन विधेयक माथि छलफल गरि सर्वसम्मत पास गरेको थियो ।

यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता भएको छ ।

दर्ता भएका विधेयकमध्ये १८ वटा विधेय संघीय संसदका दुवै सदनबाट पास भइसकेका छन् । त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ ।

राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा पेश भएका विभिन्न ७ वटा विधेयक मध्ये ५ वटा विधेयक पारित भइसकेको छ । बाँकी दुई विधेयक राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल भएको छ ।

प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्थाअनुसार गत भदौ १८ गते बाट मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो ।

 

  • 2
    Shares