You are here
Home > समाचार > प्रहरीको कामप्रति कतै गाली, कतै सम्मानित

प्रहरीको कामप्रति कतै गाली, कतै सम्मानित

११ आश्विन २०७५, बिहीबार १९:५९

काठमाडौं –देशमा पछिल्लो समय बलात्कारदेखि हत्याका घट्नाहरु श्रृखलाबद्ध रुपमा घटी रहेका छन् ।कंचनपुर निर्मला पन्तको बलात्कारपछि हत्याको घट्नाले सिंगो प्रहरी संगठनलाई धमिलो बनाएको छ ।

प्रहरी संगठनको मनोवल घट्ने होकी भन्ने चिन्ता भईरहेका बेलाजिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक प्रहरी निरिक्षकलाई पुरस्कृत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतमा रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शंकर आचार्यलाई विभागीय नीति निर्देशन अनुरुप दिएको जिम्मेवारी प्रहरी संगठन प्रति निरन्तर, निष्ठावान रही पूर्णतया आफ्नो पदिय दायित्व बमोजिम इमान्दारी तथा बफादारीका साथ कर्तव्यनिष्ठ भई अत्यन्तै उत्कृष्ट रुपमा कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।

जिम्मेवारी वडा कार्यालय एरियामा शान्ति सुरक्षा, अपराध नियन्त्रण रोकथाम तथा काम कारबाही कार्यमा अहम भुमिका निर्वाह गरि उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले आचार्यलाई प्रहरी नियमावली २०७१ (सशोधन सहित)को परिच्छेद १५ को नियम १९७ को देहाय(ख) बमोजिम निजको कार्य सम्पादनको कदर स्वरुप अभिलेख रहने गरी नगद पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।

प्रहरी निरिक्षक आचार्य वालिङमा आएको छोटो अवधिमा फरार अभियुक्त र पुराना मुद्धा अनुसन्धान गरी सफलतापुर्वक काम गरेकोले आचार्यलाई पुरस्कृत गरेको प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए ।

यस्ता प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन गर्दा प्रहरीको मनोवल बढ्छ प्रमुख सापकोटाले भने, “कामकारवाहिको मुल्याङ्कन हेरेर पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्छ र प्रहरी कारवाहिमा अझ प्रभावकारीता आउने छ ।”

आचार्यले वालिङ वडा प्रहरी कार्यालयको प्रमुख भएर आएपछि लागुऔषधको ट्रान्जिट प्वाईन्टमा रहको वालिङलाई लागुऔषध निरुत्साही पार्न रणनीतिक योजना सहित कार्य सम्पादनमा उत्कृष्ट भुमिका खेलेका छन् ।